बनेपा – बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ । फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
बनेपा–९ मा प्रहरी र स्थानीयबीच भएको झडपमा स्थानीय ५ र ३ जना प्रहरी सहित ८ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
नेपाल प्रहरीको २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहोल लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए । स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको हो । झडपमा घाइतेको टाउकोमा चोट लागेको बनेपा नगरपालिकाका प्रमुख मेयर लक्ष्मी नरसिंह बादेले जानकारी दिए ।




प्रतिक्रिया