काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रायमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले जर्मन सरकारले उर्जा,प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए ।
त्यसका साथै उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।




प्रतिक्रिया