ससुराली हिडेका सुबासको त्रियुगा नदीमा डुबेर मृत्यु

ससुराली हिडेका सुबासको त्रियुगा नदीमा डुबेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरस्थित त्रियुगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–९ स्थित ससुराली आउँदै गरेका खोटाङ सावामझुवा गाउँपालिका–६ का ४० वर्षीय सुबास विकको त्रियुगा नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार राति ८ बजे बेलटार बजारबाट चौनपा–९ ज्यामिरे अजगडास्थित ससुराली घर जानेक्रममा जमेको नदी तर्न खोज्दा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रातिको समयमा सामान्य पानी देखेर तर्न खोज्दा गहिरो दहमा फसेर निस्कन नसक्दा उनको मृत्यु भएको हुनसक्ने प्रहरी आशंका छ ।