दिपेन्द्र कँडेलको अल्टिमेटम : ८ घण्टा नपुग्दै नेपाल एयरलाइन्सले हटायो गलत सुचना

दिपेन्द्र कँडेलको अल्टिमेटम : ८ घण्टा नपुग्दै नेपाल एयरलाइन्सले हटायो गलत सुचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । कँडेलले हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तत्काल गलत सुचना हटाउनको लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

उनले हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग समेत गरेका थिए । तर, ८ घण्टा नबित्दै नेपाल वायु सेवा निगमले उक्त गलत सूचना हटाएको कँडेलले जानकारी दिए ।