बझाङको कालंगा सुरङमा फसेका चारै जनाको शव निकालियो

बझाङको कालंगा सुरङमा फसेका चारै जनाको शव निकालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बझाङको कालंगा हाइड्रोपावरको सुरुङमा फसेका चारै जनाको शव निकालिएको छ । जिल्लाको बुङ्गल नगरपालिकास्थित निर्माणाधीन जलविद्युत आयोजनाको सुरुङमा आइतबार काम गर्ने क्रममा फसेका तीन जनाको शव हिजो (सोमबार) निकालिएको थियो भने अर्का एक जनाको शव आज निकालिएको प्रहरीले जनाएको छ ।

सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव सोमबार निकालिएको थियो भने बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार (आज) निकालिएको हो ।