मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न गएका ४३ अस्थायी शिक्षक पक्राउ

मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न गएका ४३ अस्थायी शिक्षक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन खोज्ने ४३ जना अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकहरूमध्ये ४३ जना शिक्षकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको भनुषा प्रहरीले जनाएको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एक घन्टा सडक अवरूद्ध गरेका शिक्षकहरुले मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिवद्धता जनाएर बेवास्ता गरेको भन्दै कार्यालयमा तालाबन्दी गर्न गएको थियो ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका अनुसार मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकरसंग पहल गरेर माग पुरा गराउने प्रतिवद्धता जनाएको थिए । तीन महिना बित्दा पनि आफ्ना माग पूरा नभएको र मुख्यमन्त्रीले बेवास्ता गरेको भन्दै उनीहरूले फेरि आन्दोलित भएका हुन् ।