काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिक्टा सिँचाइ आयोजना समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीलाई हरेक महिना फिल्डमा जान निर्देशन दिएका छन् ।
मंगलबार बाँकेको अगैयामा रहेको सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेपछि मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । ‘आर्थिक र नीतिगत समस्या भए सरकारले हल गर्छ । आयोजना समयमै ल्याउने हो’, मन्त्री पुनले भने ।
‘राजनीतिक नेतृत्वले रिक्स लिएर काम गर्छ । तपाईहरु पनि रिस्क लिएर काम गर्नुस् । गिट्टी र बालुवाको विषयमा सिडियो र एसपीसाबसँग कुरा गर्छु यदी हुँदै भएन भने बल प्रयोग गरेर भए पनि आयोजनालाई अगाडि बढाउने हो’, मन्त्रीले पुनले चेतावनी दिँदै भने ।
आयोजना सम्पन्न गर्नका लागि नीति नियममा रहेर काम अगाडि बढाउन निर्देशन दिए । उनले आवश्यक परे क्याविनेटमा लगेर भए पनि काम अगाडि बढाउने मन्त्री पुनको भनाइ छ । ‘वन र स्थानीय तहलाई दोष दिए हामी उम्किन मिल्दैन । आफ्नो काम इमान्दारिताका साथ पूरा गरौं’, मन्त्री पुनले भने ।
आयोजना सम्पन्न गर्नका लागि सबैले सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने मन्त्री पुनको भनाइ छ । उनले गुणस्तरहिन काम भएको भन्ने विषयमा सामान्य त्रृटी भएको बताए । घुलनशील माटाको कारण नहरमा क्षति पुगेको र त्यो समाधान हुने मन्त्री पुनले विश्वास व्यक्त गरे ।
:भिडियो




प्रतिक्रिया