आलमको बयान रोकियो

आलमको बयान रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेका कांग्रेस सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ ।

आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि जिल्ला अदालत रौतहटमा भइरहेको बयान रोकिएको हो ।

आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान चलिरहेको छ ।