विवेकशीलले कास्कीबाट जमुना शर्मालाई उम्मेदवार बनायो

विवेकशीलले कास्कीबाट जमुना शर्मालाई उम्मेदवार बनायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि कास्की–२मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलले मंगलबार शर्मालाई कास्की–२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् ।

पार्टीको भूमिकालाई अझ नागरिक पक्षीय र प्रभावकारी बनाउन, कास्की–पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने संकल्पसहित शर्मालाई उम्मेदवार बनाइएको विवेकशील नेपाली दलले बताएको छ ।

यस्तै प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ मा भने सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । बुर्तिबाङका युवा उद्यामी भण्डारी विवेकशीलका बाग्लुङ संयोजकसमेत हुन् ।