काठमाडौं – सुनकोशी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा यही कात्तिक १५ गतेदेखि बेपत्ता भएका मिलन घलेकोे शव मंगलबार फेला परेको हो ।
घलेको शव काभ्रेको चौरी देउराली गाउँपालिका–८ खरेलघाट स्थित सुनकोशी नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया