सिन्धु–हेलम्बु यातायातका बसको छत हटाइने, टिपरमाथि यस्तो नियम ल्याइयो

सिन्धु–हेलम्बु यातायातका बसको छत हटाइने, टिपरमाथि यस्तो नियम ल्याइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यका प्रवेश गर्ने टिपरको पछाडि ढालाको दुबैतर्फ सवारीको नम्बर प्लेट राखिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले यातायात व्यावसायीसँगको छलफलबाट १५ दिनभित्रमा दुवैतर्फ नम्बर प्लेट राखिने निर्णय गरिएको जानकारी दिए ।

टिपरको अगाडिपट्टी सिसामाथि सजाइने झल्लरी, गीतसंगीत सुन्ने उफर हटाउनुका साथै लुकिङ ग्लास दुरुस्त राख्नुपर्ने समेत निर्णय भएको प्रमुख ढकालले बताए ।

त्यस्तै उनले काठमाडौंदेखि सिन्धुपाल्चोकसम्म चल्ने सिन्धु–हेलम्बु यातायातका यात्रुबाहक बसको छत हटाइने बताए । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा दुर्घटना हुने गरेकाले बसको छत हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।