प्रचण्ड भन्छन्-नेपालको आर्थिक वृद्धिदर उत्साहजनक, नेपालगञ्जलाई महानगर बनाउने घोषणा

प्रचण्ड भन्छन्-नेपालको आर्थिक वृद्धिदर उत्साहजनक, नेपालगञ्जलाई महानगर बनाउने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके— नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् । बाँकेमा आयोजित विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरुको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुले नेपालको आर्थिक विकासको सम्भावना असाध्यै राम्रो छ भनेका छन् ।’ उनले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि गएको बताउनुहुँदै निकै उत्साह स्थिति रहेको बताए। अब सम्पूर्ण रुपले विकास निर्माणमा केन्द्रित हुँदा त्यो आर्थिक वृद्धिदरलाई अझै बढाएर लैजान सकिने उनको विश्वास थियो ।

प्रचण्डले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए।

उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने बताए। यसअघि नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत उनको बताए । उनले आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि बताए । अध्यक्ष भोलि साँझ दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।