दिल्ली प्रदूषणको प्रभाव नेपालमा पनि

दिल्ली प्रदूषणको प्रभाव नेपालमा पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ। नेपालको पश्चिम तराईका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ। उहाँले भन्नुभयो– ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रत्यक्ष/अप्रत्यक्षरूपमा धूलोका कण मिश्रित वायु आइरहेको हुन्छ।’

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यका र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाइ छ।यो खबर आजको समाचारपत्रमा छ ।