नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान

नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान गरिएको छ ।

पर्सि मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी संयोजन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकको औपचारिक एजेन्डा तय भइनसकेको भए पनि मुख्य ३ विषयमा छलफल हुने प्रवक्ता ज्वालाले बताए । बैठकमा संगठनात्मक, संगठित सदस्यता नवीकरण, मातहत कमिटीको अधिवेशन र महाधिवेशनबारे छलफल हुनेछ ।

नेकपाको वैशाखमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्य विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा तहका अधिवेशन सम्पन्न गर्ने, १६ गतेदेखि भदौ मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने भनिएको थियो ।

असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कात्तिक १५ गतेसम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने र मंसिर ११ देखि १५ गतेसम्म काठमाण्डुमा एकता राष्ट्रिय माहधिवेशन आयोजना गर्ने कार्यतालिका थियो ।

बाढीपहिरो लगायत प्राकृतिक प्रकोप र विभिन्न राजनीतिक कारणले नेकपाको महाधिवेशन कार्यतालिका बमोजिम काम भएको छैन । पर्सिको बैठकले नयाँ कार्यतालिका ल्याउनेछ ।