सौर्य एयरको लापरबाही : साँझ ६ बजे उड्नुपर्ने विमान राति ११ बजे उडेपछि…

सौर्य एयरको लापरबाही : साँझ ६ बजे उड्नुपर्ने विमान राति ११ बजे उडेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – सौर्य एयरलाइन्सविरुद्ध यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा उजुरी दिएका छन् ।

मंगलबार भैरहवाबाट काठमाडौंका लागि साँझ ६ बजे उड्नुपर्ने सौर्य एयरलाइन्सको जहाज राती ११ बजे मात्र उडेपछि यात्रुहरुले नागरिक उड्ययन प्राधिकरणमा कारवाहीको माग गर्दै सम्पूर्ण यात्रुहरूको हस्ताक्षर संकलन गरेर एयरलाइन्स विरूद्ध नागरिक उड्यन प्राधिकरणमा उजुरी दिएका हुन् ।

काठमाडौंमा जहाज अबतरण गरेपछि यात्रुहरूले एयरलाइन्सको लापरवाहीले आफूहरूले दुःख पाएको भन्दै विमानभित्रै नारावाजी गरेको सोही जाहजमा काठमाडौं आएका यात्रु दिलिप भुषालले जानकारी दिए । सौर्य एयरलाइन्सको लावरवाहीले उक्त जहाजमा सवार एक यात्रुको अन्तराष्ट्रिय उडान समेत छुटेको छ यात्रु भुषालले बताए ।

सौर्य एयरलाइन्सका बजार प्रबन्धक मुकेश खनालले मंगलबार जहाजमा प्राविधिक समस्या आएकाले उडान ढिला भएकोे स्वीकार गरे ।
सौर्य एयरलाइन्सले आजदेखि आफ्नो उडान संख्यामा कटौती गरेको जनाएको छ ।