रुपन्देही – सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार विहान करिब ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।
घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।




प्रतिक्रिया