बुधबार सुनचाँदीको मूल्य घट्यो

बुधबार सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुप्रयाले घटेर तोलामा ७० हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारको लागि छापावाला सुन प्रतितोला ७० हजार दुई सय र तेजावी सुन प्रतितोला ६९ हजार नौं सय रुपैयाँ कायम गरेको छ ।
सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी बुधबार तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।