जंगी अड्डामा ‘एकिकरण मार्ग कार्यक्रम ’ सम्बन्धी छलफल आयोजना सम्पन्न

जंगी अड्डामा ‘एकिकरण मार्ग कार्यक्रम ’ सम्बन्धी छलफल आयोजना सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाको जंगीअड्डास्थित कार्यकक्षमा ‘नेपाल एकिकरण मार्ग’ कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण तथा छलफल आयोजना भएको छ ।

बुधबार भएको कार्यक्रममा एकिकरण मार्ग कार्यक्रम सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगती र भावी योजनाको विषयमा प्रस्तुतिकरण हुनाका साथै एकिकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्य सम्पादन गर्ने उदेश्यले तयार पारिएको ‘इतिहास एवं सम्बद्र्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका–२०७६’को समेत प्रतुतिकरण गरिएको सेनाले जनाएको छ ।

उक्त कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमको अनुसन्धान तथा प्रवद्र्धन रहेका इतिहासविदहरु, प्राध्यापक डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. कमलराज सिंह राठौर र सह प्रा. डा. विनोद थापाको उपस्थिति रहेको थियो ।

उनीहरुले ०७७ फाल्गुन महिनामा सेना दिवसको दिन विमोचन गर्ने गरी तयार हुन लागेको नेपाल एकीकरण मार्ग सम्बन्धी पुस्तकको अनुसन्धानविधि तथा पुस्तकको प्रारुप सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुस्तकको अुसन्धान तथा प्रकाशन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सेनाले जनाएको छ । कार्यक्रमको अन्त्यमा प्रधानसेनापति थापाले एकीकरण मार्ग कार्यक्रमको उदेश्य तथा इतिहासविद्हरुबाट तयार हुने पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।

ऐतिहासिक वर्णनसहित सैनिक दृष्टिकोणबाट समेत अनुसन्धान गरी गोर्खाली सेना/नेपाली सेनाले लडेका विभिन्न युद्धहरुकोबारेमा विश्लेषण सहितको विवरण उल्लेख हुने हुँदा नेपाली सैनिक इतिहासमा सो पुस्तकले थप योगदान पुर्याउने सेनाले विश्वास लिएको छ ।