उपनिर्वाचनमा राजनीतिक दलले कति खर्च गर्न पाउँछन् ? यस्तो छ व्यवस्था

उपनिर्वाचनमा राजनीतिक दलले कति खर्च गर्न पाउँछन् ? यस्तो छ व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

३७ जिल्लाका ५२ रिक्त पदमा हुन लागेको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा ९५ दलले भाग लिएका छन् भने स्थानीय तहका लागि ७८ दलले भाग लिएका छन् ।

निर्वाचन आयोगले उम्मेद्वारले गर्ने खर्चको सीमा तोकेको छ । प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशका लागि १५ लाखको खर्च सीमा तोकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहमा उपमहानगरपालिका प्रमुखलाई पाँच लाख ५० हजार र वडा अध्यक्षलाई दुई लाख ५० हजार सीमा तोकिएको छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार खर्च सीमा तोकिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि १६ दिन चुनाव प्रचार समय छ भने स्थानीय तहका लागि १० दिन तोकिएको छ ।

निर्वाचनको पर्यवेक्षण गर्न राष्ट्रिय अन्तर्रा्ष्ट्रिय संघ सस्थालाई अनुमति दिने प्रक्रियामा रहेको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको पनि बताए ।