वायु सेवा निगममा व्यापक सुधार भयोः मदन खरेल

वायु सेवा निगममा व्यापक सुधार भयोः मदन खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायु सेवा निगमले सेवामा सुधार र खर्चमा कटौती भएको दावी गरेको छ ।

आफूले कार्यकाल सम्हालेको १ वर्ष पुगेको अवसरमा निगमका अध्यक्ष मदन खरेलले पत्रकार सम्मेलन गरेर निगममा पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको बताएका छन् । निगमले अहिले प्रविधिको उच्चतम प्रयोग गरेर खर्च व्यापक बढाएको दावी गरे ।

नेपाल एअरलाइन्स पछिल्लो वर्ष ५ वटा भीभीआइपी उडानको लागि प्रयोग भएको, जापानको नारितामा चार्टर्ड फ्लाइट भएको, पाइलटको संख्या थपेको, २ वटा सर्भिस बस ल्याएको, ४ वटा र्‍याम्प बस आउँदै गरेको पनि उनले जानकारी दिए ।

यस्तै जहाज उडिसकेपछि पनि २४ घन्टा नै निगरानीको लागि एमसीसी र ओसीसी प्रविधि अपनाएको उनले दावी गरे । यस्तै जापान उडानलाई लक्षित गरेर विमानस्थलमा हेल्प डेस्क राखेको ,आन्तरिकतर्फ ट्रंक रुटमा अनलाइन टिकट सुरु भएको पनि अध्यक्ष खरेलले बताए ।

उनले आफूले निक्कै इमान्दार भएर काम गरिरहेको र निगम अब थप बलियो हुने पनि दावी गरे ।

अब चीनको ग्वान्जाउ, जापानको नारिता, साउदीको रियाद लगायतका गन्तव्यमा उडानको लागि पहल भैरहेको पनि खरेलले जानकारी दिए । यी ठाउँमा उडानको लागि लामो समयदेखि पहल भए पनि सफल नभएकोले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका राजदूतमार्फत पहल भैरहेको पनि उनले दावी गरे ।