नयाँ नक्सा खारेज गर्न भारतलाई विप्लवको चेतावनी, आन्दोलनका कार्यक्रम घोषणा

नयाँ नक्सा खारेज गर्न भारतलाई विप्लवको चेतावनी, आन्दोलनका कार्यक्रम घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारतले नेपाली भू–भाग समेटेर जारी गर्नुलाई नेपालमाथिको हमला भएको टिप्पणी गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको हो ।

‘यो भारतको अन्तर्रा्ष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भर्त्सना गर्दछ ।’

विज्ञप्तिमार्फत नेकपाले भारतले उक्त नक्सा खारेज नगरे राष्ट्रिय स्वाधिनताको आन्दोलन संचालन गर्ने चेतावनी दिएको छ ।

‘यो मुक्ति स्वाधिनताको संघर्षमा सम्पूर्ण पार्टी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील र सबै क्षेत्रका जनतासँग एकजुट भएर उठ्न अपिल गर्दछ,’ आन्दोलनमा आउन अपिल गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपाले यही कात्तिक २१ गते मसाल जुलुस, २२ गते कोणसभा, कार्तिक २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन, २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने, र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने कार्यक्रम तय गरेको छ ।