जोमसोम – पूर्व युवराज पारस शाह आफ्ना निकट सहकर्मीका साथ मुस्ताङ पुगेका छन् । पूर्व युवराज शाह पोखरादेखि म्याग्दी हुँदै बुधबार दिउँसो मुस्ताङ पुगेका हुन् । मुस्ताङ आउने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको होटल सियुमा बास बसेका थिए ।
उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ भने उनका केही साथी मुक्तिनाथ दर्शनका लागि गएका छन् ।
उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् भने उनका निकट सहयोगीले बा १४ च २११३ नम्बरको जीप र मोटरसाइकल चढेको बुझिएको छ ।
बिना कुनै सूचना र जानकारी नदिई मुस्ताङ आएका पूर्व युवराज शाह सार्वजनिक रुपमा खुलेका छैनन् । म्याग्दी हुँदै मुस्ताङ आएका शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो बाहिरिएको छ ।




प्रतिक्रिया