महरा प्रकरणलाई अपराधिकरण गर्नु ठिक होईनः उर्जामन्त्री पुन

महरा प्रकरणलाई अपराधिकरण गर्नु ठिक होईनः उर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षामान पुनले पूर्व सभामुख कृष्णबहादुर महराको विषयलाई लिएर अपराधिकरण गर्नु ठिक नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले पूर्व सभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न उचित समय नभएको बताए । कुनै पनि घटनालाई अपराधिकरण र राजनीतिलाई अपराधीकरण गर्ने कुरा राम्रो नभएको उनको भनाई छ ।

‘अपराधिक घटनालाई अपराधिक ढंगले हेर्नुपर्छ’ उनले भने, ‘नेता भएकै कारण बनाएर जसरी पनि घटनालाई अपराधिकरण गरेर कारबाही गर्ने कुरा स्वीकार्य हुदैन ।’

व्यक्तिगत रुपमा हेर्दा घटनलाई आवश्यक भन्दा बढि अपराधिक बनाउन खोजिएको उनको भनाई छ । उनले पूर्व सभामुखको विषय अदालतमा मुद्दा चलेसँगै ठूला र साना सबैलाई कानुन बराबर हुन्छ भन्ने तथ्य स्थापित भएको बताए ।

त्यस्तै उनले भारतले गत शनिबार जारी गरेको नक्साको विषयमा आपत्ती जनाएका छन् । नेपाली भूमीलाई भारतले आफ्नो भूमी भनेर नक्सा सार्वजनिक गरेकोमा आपत्ती जनाएका हुन् ।

‘कालापानी र लिपुलेक हाम्रो भूमि हो । भारतले एकतर्फी रुपमा नक्सामा समेट्दैमा नेपाली भूमी भारतको हुन सक्दैन हाम्रा लागि नक्सा स्वीकार्य छैन’, उनले भने, ‘सीमाका विषयमा हामी कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं ।’