प्रतिस्पर्धा स्वीकार गर्छु, कास्कीबाट मैले नै चुनाव जित्छुः विद्या भट्टराई

प्रतिस्पर्धा स्वीकार गर्छु, कास्कीबाट मैले नै चुनाव जित्छुः विद्या भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट कास्की क्षेत्र नं. २ कि उम्मेदवार विद्या भट्टराईले चुनाव ाफैंले जित्ने दाबी गरेकी छन् । कास्की २ बाट आज आफ्नो मनोनयन दर्ता गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।

बिहीबार करिव साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मोदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले आफूले जित्ने दावी गरेकी हुन् । ‘प्रतिस्पर्धा स्वीकार गर्छु’, उनले भनिन, ‘यो चुनाव मैले नै जित्छु ।’

रवीन्द्रको योगदानसँग पनि आफ्नो भूमिका जोडिएको उनले बताइन् । जनताले रवीन्द्रलाई दिएको माया सम्मानले नै आफूले उम्मेदवारी दिएको उनले बताइन् ।

‘मेरो विजयको सुनिश्चितता देखिसकेको छु । चुनाव प्रतिस्पर्धा हो अरू साथीहरू पनि हुनुहुन्छ,’ भट्टराईले भनिन्, ‘रवीन्द्रजीको योगदान र जनताको मायामा मेरो उम्मेदवारी हो । हिजो अप्ठ्यारोका बेला पनि जितेको ठाउँ हो अहिले सहज छ । हाम्रो वर्चश्व छ ।’

पार्टीभित्रबाट सहयोग रहने उनले बताइन् ।

‘पार्टीभित्र विवाद छैन । गुटउपगुट छैन । म सर्वसम्मत उम्मेदवार हुँ’, उनले भनिन् ।

नेकपासँगै कांग्रेस बीपीबाट चन्द्बहादुर रानाभाट, देशभक्त समाज पार्टीबाट बीरबहादुर, साझाबापर्टीबाट रजनी केसी र स्वतन्त्रबाट कमलजंग कुँवर र यज्ञबहादुर पंज्ञेनीले उम्मेदवारी दर्ता गरिसकेका छन् ।