सल्यान – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिएर काम अगाडी बढाएको उल्लेख गर्दै दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताए ।
कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत् र्पुयाउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन्, सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ । अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन ।’
‘विद्युतीकरणमा विगतका वर्षहरूमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो वातावरण सिर्जना नगर्नुस्, आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्नुहाेस्’ मन्त्री पुनले आग्रह गरे ।




प्रतिक्रिया