दाङ – दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले मनोनयन दर्ता गरेकी छिन् । पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेकी ओलीले मनोनयन दर्ता गराएकी हुन् ।
निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
यसअघि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले मनोनयन दर्ता गरेका छन् । उनले बिहान करिब ११ बजेतिर मनोनयन दर्ता गराएका हुन् । अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।




प्रतिक्रिया