काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले नेकपाबाट सभामुख बन्ने भएकाले उपसभामुखले राजीनामा दिनैपर्ने दाबी गरे ।
‘संविधानमा नै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । जसका लागि उपसभामुखले राजीनामा दिनुपर्छ’ नेता नेम्वाङले भने, ‘नेकपाले सभामुख पद लिनका लागि उपसभामुखले राजीनामा गर्नुपर्छ ।’
संसदमा नेकपाको झन्डै दुईतिहाइ बहुमत भएको अवस्थामा संसदको नेतृत्व सभामुखको पद अर्को पार्टीलाई दिन नसकिने पनि उपनेता नेम्वाङले बताए ।
उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशन बोलाउनु पहिले नै राजीनामा गर्नुपर्ने नेम्वाङले बताए । उपसभामुखले सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएर अधिवेशन आह्वान भएर नयाँ सभामुख निर्वा्चित नहुँदासम्म संसद बैठक ज्येष्ठ सदस्यले चलाउने उनले जानकारी दिए ।




प्रतिक्रिया