काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता देव गुरुङले पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।
बिहीबार डिल्लीबजार कारागारमा पुगेका गुरुङले महरा जेल परेपछि पहिलोपटक भेट गरेका हुन् । यो भन्दा अगाडि नेकपा नेता महरालाई भेट्न गएका छैनन् ।
संसद सचिवालयमा कार्यरत नर्सलाई करणी गरेको अभियोगमा असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
उनीहरुबीच महराको मुद्दाका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । जिल्ला अदालतको अन्तिम फैसाला कुर्ने की त्यसभन्दा अगाडि अरु विकल्प खोज्ने भन्ने विषयमा कानुन पृष्ठभूमिका नेता गुरुङसँग महराले छलफल गरेको बताइएको छ । महराले गुरुङसँग कानुनी परामर्श खोजेको स्रोतले बतायो ।
‘महराजीले कानुनी परामर्श खोजिरहनु भएको थियो । देव गुरुङसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य कुराकानी भयो’, स्रोतले काठमाडौंपाटीसँग कुरा गर्दै भन्यो ।




प्रतिक्रिया