प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखायोः प्रकाशचन्द्र लोहनी

प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखायोः प्रकाशचन्द्र लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अनावश्यक रुपमा प्रदेश प्रमुख परिवर्तन गरेर सरकारले दम्भ देखाएको बताएका छन् । करिव एक महिना लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

विमानस्थल सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लोहनीले सरकार कानुनी राज्य कायम गराउन असफल भएको भन्दै दण्डहिनता बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

अर्को प्रसंगमा मंसिर १४ मा हुने उपचुनावमा आफुहरुले सबै रिक्त स्थानमा उमेद्वारी दिएको बताए । उनले कार्तिक २८ देखि मंसिर४ सम्म जनकपुर लुम्बिनी धार्मिक यात्रालाई सफल बनाउन आग्रह गरेका छन् । उनले भने, ‘यो यात्रा पछि हामीहरु हिन्दुराष्ट्र स्थापनाको लागि शसक्त आन्दोलन गर्छौ ।’

आजै पूर्वमन्त्री एवं राप्रपा(संयुक्त)का उकास सदस्य सुनिल बहादुर थापा पनि अमेरिका भ्रमणबाट स्वदेश फर्किएका छन् ।