काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टुँडिखेललाई अतिक्रमणमुक्त बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
नागरिक तहबाट सुरू भएको अकुपाई टुँडिखेल अभियानलाई साथ दिँदै प्रवक्ता शर्माले समयमै काठमाडौं ब्युँझन आग्रह गरेका हुन् ।
शर्माले ट्वीटमा भनेका छन्, ‘हेलो काठमाडौ ! मरेपछि जल्न आर्यघाट चाहिने बाँच्नलाई सास फेर्न टुंडिखेल नचाहिने ? सुत काठमाडौ तर समयमै उठ काठमाडौ !’
शनिबार विहान टुँडिखेलमा मानव साङ्लो बनाएर टुँडिखेललाई अतिक्रमणमुक्त बनाउने अभियान सुरू भएको छ।




प्रतिक्रिया