अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न भारतलाई पर्यटनमन्त्रीको चेतावनी

अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न भारतलाई पर्यटनमन्त्रीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भारतलाई अनावश्यक बखेडा झिकेर निहुँ नखोज्‍न चेतावनी दिएका छन् ।

उनले लिम्पियाधुराबाट उत्पति भएको कालीनदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्‍य र प्रमाण रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले सिंगो नेपाल राष्ट्रियताका लागि एक रहेकाले अनावश्‍यक बखेडा झिकेर छिमेकीसँग निहुँ नखोज्न पनि भारतलाई आग्रह गरेका छन् ।

यस विषयमा भारतले पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन राख्‍नुमै भारतको भलाई रहेको मन्त्री भट्टराईले सुझाव दिएका छन् ।

‘लिम्पियाधुराबाट उत्‍पति भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाइबाट प्रष्ट छ’, उनले लेखेका छन्, ‘यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ । नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’