देश निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण छः विद्या भट्टराई

देश निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण छः विद्या भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताएकी छन् ।

जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको भेलालाई सम्बोधन गर्दै उनले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भएकाले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन् ।

देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न अग्रसर भइरहेको उनले उल्लेख गरिन् ।

यसलाई थप प्रभावकारी बनाउन र श्रमिकलाई थप सवलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने उनले बताइन् ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जङ्गली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मिना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री लगायतले श्रमिकको हकअधिकार र सशक्तीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए ।

आगामी दिनमा समेत श्रमिकको भावना र चाहनालाई कम्युनिष्ट पार्टीले सम्बोधन गर्नसक्ने उनीहरुको भनाइ थियो । रासस