बागलुङ – बागलुङमा उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको छ । बागलुङ २– (ख) को उपनिर्वाचनमा आफ्ना बागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन पार्टीले हेलिकोप्टरको प्रयोग गरेको हो ।
प्रदेशसभाको क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ । विक्रम विरुद्धमा उम्मेदवारी दिएका शेरचनलाई उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरमार्फत सदरमुकाम ल्याइएको छ ।
शेरचन २०७४ सालको स्थानीय निर्वाचनमा तात्कालीन नेकपा (माओवादी केन्द्र) बाट ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपालीसँग पराजित भएका थिए ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय आज अपरान्ह १ बजेसम्म मात्र रहेको छ ।




प्रतिक्रिया