नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन

नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको छलफलपछि समितिका सभापति शशी श्रेष्ठले लिम्पियाधुरालाई सीमा मानेर नयाँ नक्सा प्रकाशित गर्न निर्देशन दिएकी छन् । नेपालले जारीको नक्सामा लिपुलेक र कालापनी मात्रै समेटिएको छ ।

भारतले हालै जारी गरेका नक्सामा लिपुलेक र कालापानी समेत आफ्नो भूमिमा समेटेपछि विरोध स्वरुप विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

समितिले कुटनीतिक रुपमा समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी शर्माले पनि लिम्पियाधुरा नै नेपाली भूमि भएको बताएका थिए ।