नेविसंघको नाराः केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो !

नेविसंघको नाराः केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय पक्षले सीमा अतिक्रमण गरे पनि सरकारले पहलकदमी नगरेको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघले मंगलबार काठमाडौंमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता ल्याउन र राष्ट्रियताको पक्षमा उभिन सरकारलाई आग्रह गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो ?, केपी ओलीको राष्ट्रवाद हेरियो राष्ट्रकै नक्सा फेरियो’ नारासहित प्रदर्शन गरेका हुन् ।

नेविसंघले राष्ट्रियताका पक्षमा सरकारलाई सघाउने पनि बताएको छ ।

‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्रीज्यू हाम्रो कालापानी कहाँ छ ?’ भन्ने नारा पनि नेविसंघले लगाएको थियो। चाबहिलमा प्रदर्शन गर्दै नेविसंघले प्रधानमन्त्री ओलीको राजीनामा पनि मागे ।

अतिक्रमित भूमि फिर्ता ल्याउन र भारतसँग कूटनीतिक पहल गर्न प्रधानमन्त्री असफल भएको आरोप नेविसंघको छ ।

सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन गर्न निर्देशन दिएपछि दिनुहुँजसो नेविसंघले सडकमा प्रदर्शन गर्दै आएको छ ।