ट्वीटरमा कांग्रेस उम्मेद्वारले १७ वर्षको जोश देखाएपछि…

ट्वीटरमा कांग्रेस उम्मेद्वारले १७ वर्षको जोश देखाएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कास्की निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । उनले आफ्नो जोश अलिकति सापटी लैजान आग्रह गरेका छन् ।

पहिलो ट्वीटमा पौडेलले लेखेका छन्, ‘७० को उमेरमा १७ को जोशका साथ मैदानमा आएको छु ! यो उमेरमा जिन्दगीको पहिलो ट्वीटका साथ कास्कीका मतदातासँगै देशभरिका दिदिबहिनी दाजुभाइमा जय नेपालको क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु ।’

आज पनि पौडेलले ट्वीट गर्दै कालापानीको लालपूर्जा हाम्रै नाममा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

दास्रो ट्वीटमा उनले भनेका छन्, ‘प्रधानमन्त्रीलाई आग्रह– हाम्रो कालापानीको लालपुर्जा हाम्रै नाममा ल्याउनुपर्छ । कांग्रेस लगायत सारा दलले साथ दिएका छन् । तपाईं के गर्दै हुनुन्छ ? मेरो जोश अलिकति सापटी लानोस्, अनि दिल्लीसँग प्रष्ट राख्नोस् नेपाली दिलमा रहेको कुरा ।’