काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार विश्वमा समस्याको रुपमा देखिएको बताएका छन् ।
मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै प्रकृतिको संरक्षणमा सहयोग पुर्याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन् ।
‘आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौती थपिएको छ, ती समस्या समाधान गर्न योगदान पु¥याउने गरी आवश्यक रणनीति तय गर्नुस्’ उनले भने ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्म चल्नेछ । ७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया