भीम रावललाई मन्त्री बनाउने तयारी !

भीम रावललाई मन्त्री बनाउने तयारी !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने सम्भावना रहेको छ।

स्रोतका अनुसार सरकारको आलोचना गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसा र जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना छ।

त्यसैगरी बर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेबारी दिने तयारी गरेको स्रोतले बताएको छ। तर, उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन।

‘रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै छ,’ स्रोतले भन्यो। याे समाचार नागरिक दैनिकमा छ ।