होटल म्यारियटमा बंगलादेशी राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

होटल म्यारियटमा बंगलादेशी राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।

प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटेका थिए । यसैगरी २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ ।

यसैगरी दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि राष्ट्रपति हमिद समकक्षी विद्या भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् ।

हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्ग्स्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन् ।