सामाजिक सुरक्षा योजनामा सहभागी हुने सबैले पेन्सन पाउँछन् : मन्त्री विष्ट

सामाजिक सुरक्षा योजनामा सहभागी हुने सबैले पेन्सन पाउँछन् : मन्त्री विष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भविष्यमा सबै नागरिकले पेन्सन पाउने बताएका छन् ।

उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवन सुःखमय बनाउन चाहेको बताउँदै मन्त्री विष्टले सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

‘चाहे बुढेसकाल होस् वा दुःख परेका बेला, सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिन्छ’ उनले भने ।