विप्लव समूहले सरकारका गतिविधिलाई प्रतिबन्ध लगायो !

विप्लव समूहले सरकारका गतिविधिलाई प्रतिबन्ध लगायो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष अनुरोध गरेका छन् ।

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भएकाले श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपिल गर्दछ ।’

ओली सरकार र सत्तामा सामेल पार्टीका गतिविधिमाथि पार्टीले प्रतिबन्ध लगाएको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘विगत ८ महिनादेखि यो सामाजिक फाँसीवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि हत्या, हिंसा र गिरफ्तारी जारी राखेको छ । यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ ।’

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केपी ओली सरकारले घोषणा गरेको उपचुनावलाई सशक्त बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ ।

विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फाँसीवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको बताएका छन् ।