ग्रान्डीमा प्रधानमन्त्रीको तेस्रो पटक हेमोडायलासिस गरियो

ग्रान्डीमा प्रधानमन्त्रीको तेस्रो पटक हेमोडायलासिस गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ । नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ ।

फलोअपका लागि अस्पताल पुगेका ओलीको हेमोडायलासिस भएको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री आजै सरकारी निवास बालुवाटार फर्कने पाण्डेको भनाइ छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ग्रान्डी इन्टरनेशनल हस्पिटलमा आज नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनु भएको छ र उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ । आजै उपचार पश्चात उहाँ प्रधानमन्त्री निवास पाल्नुहुनेछ ।’

यसअघि ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस भएको थियो । पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो ।