प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशुली–थ्री ‘ए’ को उद्घाटन, धेरै मुआब्जा नखोज्न आग्रह

प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशुली–थ्री ‘ए’ को उद्घाटन, धेरै मुआब्जा नखोज्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए ।

सोमबार माथिल्लो त्रिशुली–थ्री ‘ए’ जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए ।

यसले विकासका लागि अनुकुल वातावरण नबन्ने र विदेशी कम्पनीहरु समेत निरिह हुने गरेको उनले बताए ।

उनले जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशुली–थ्री ‘ए’ समेत ९० बाट ६० मेगावाटमा झार्नु परेको, समयमा सम्पन्न गर्न नसकिएको र यसले लागत समेत बढाएको बताए । उनले भने, ‘त्यसैले अनुचित लाभ लिनुपर्छ भन्ने प्रवत्ति छोड्न सबैलाई आग्रह गर्छु ।’

प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन् ।

परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए । सो परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो ।