काठमाडौं – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ७१ हजार आठ सय रुपैयामा कारोबार भएको सुन सोमबार दई सय रुपैयाँले घटेर तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुाचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबारको तुलनामा सोमबार तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँ घटेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ८५५ रुपैयाँका कारोबार भएको चाँदी सोमबार प्रतितोला पाँच रुपैयाँ घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया