विराटनगर – प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसको युवा नेता गगन थापाले धरान उपमहानगरको प्रमुख पदमा कांग्रेसका उमेदवार तिलक राईलाई जिताउन आह्वान गरेका छन् ।
सोमवार साँझ थापाले एक भिडियो सन्देश जारी गर्दै मतदातामाझ राईलाई जिताउन आग्रह गरेका हुन् । भष्ट्राचार विरोधी र मजदुर नेताको पहिचान बनाएका राईलाई कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको प्रमुखको उमेदवार बनाएको छ ।
‘नेकपा सरकारले देशलाई भाँडभैलो एवं तहसनहस बनाएको छ, यसको विरुद्धमा कांग्रेसलाई भोट दिएर जिताउनुस्,’ करिब २ मिनेटको भिडियो सन्देशमा उनले भनेका छन् ।
उनले देशभर नेकपा सरकार अलोप्रिय रहेको भन्ने पुष्टि धरानको चुनाबाट हुने बताएका छन् । थापाले भने, ‘धरानमा कांग्रेसप्रतिको जनहलर बढ्दै गएको छ । आफूलाई सर्वहाराको नेता ठान्नेहरुको शैलीको विरुद्ध पनि धराने जनताले कांग्रेसलाई विजयी गराउनु पर्छ ।’
थापा नेपाली कांग्रेसले आगमी मसिर १० गते आयोजना गर्ने चुनावी आमसभामा प्रमुख वक्ताको रुपमा धरान आउने नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।




प्रतिक्रिया