काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय अतिक्रमणमा परेको कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक पहल नगरेको आरोप लगाएका छन् ।
उपनिर्वाचनका सन्दर्भमा पार्टी कार्यालय सानेपामा मंगलबार आयेजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले आफ्नो भूगोल मिचिएको सन्दर्भमा सरकारले कूटनीतिक पहल नगरेको आरोप लगाउँदै प्रधानमन्त्रीले कालापानीबाट भारतीय सेना फिर्ता गर्नेबारे दिएको अभिव्यक्ति मिडिया भुलाउनका लागि मात्र बोलेको भन्दै आपत्ति जनाए ।
‘भारतीय सेनालाई कालापानीबाट फिर्ता पठाउँछौं । यसबारेमा सशक्त भएर प्रतिपक्षी नेपाली कांग्रेसले पनि आवाज उठाएको छ’, उनले भने, ‘तर प्रधानमन्त्रीले मिडिया खपतका लागि मात्रै बोलेका छन् । सरकारले अझैसम्म कूटनीतिक पहल अघि बढाएको छैन ।




प्रतिक्रिया