काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सांसद चौधरीले सीमा अतिक्रमणका विषयमा प्रधानमन्त्री ओलीले पछिल्लो समय कालापानीबाट भारतीय सेना हटाउने भन्दै दिएको अभिव्यक्तिले भारतीय मिडियामा खैलाबैला मचिएको भन्दै उनले प्रधानमन्त्रीको प्रसंसा गरेकी हुन् ।
‘उच्च हिम्मतका साथ बोल्नु भयो सम्माननिय प्रधानमन्त्री ज्यु । कुनै बन्द कोठामा होईन, गोप्य बैठकमा पनि होईन, सार्वजनिक मञ्चबाट संसारले सुन्ने गरि बोल्नुभयो । भारत सरकारको कान थर्किने गरि बोल्नुभयो । जसका कारण भारतमा हल्लाखल्ला भएछ, भारतीय मिडियाले प्रतिक्रिया जनाएछन् । भौगोलिक हिसाबले हाम्रो देश सानो होला तर हामीसँग राष्ट्रियताको भावना विशाल छ , स्वाभिमान उच्च छ । सलाम छ सम्माननिय प्रधानमन्त्री ज्यूलाई ।’ उनले लेखेकी छन् ।
सांसद चौधरीले राष्ट्रियताको भावनालाई बदर गर्दै प्रधानमन्त्रीले एकान्तमा नभई सार्वजनिक ठाउँमा दिएको त्यो अभिव्यक्तिले भारतीय मिडियामा तरंग ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सलाम भनेकी छन् ।




प्रतिक्रिया