निगमकाे ट्यांकर ‘अपहरण’ मा

निगमकाे ट्यांकर ‘अपहरण’ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांक लहानबाट ‘अपहरण’ मा परेकाे छ।

आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट ‘ अपहरण’  मा परेकाे दाबीसहितकाे लिखित जवाफ ढुवानीकर्ता राजेशकुमार गुप्ताले निगमलाई  दिएका हुन्।

ट्यांकर आइतबार अपहरणमा परेकाे भनिए पनि निगमलाई मंगलबार बिहान १० बजे मात्र लिखित जानकारी गराइएकाे छ।  पहरणकारीहरुले चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताले दाबी गरेका छन्।

उक्त ट्यांकर आइतबार राति लहान पुगेकोमा विश्राम गर्न पूर्वपश्चिम राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेकाे दाबी गरिएकाे छ। गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन्।