काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ । मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न सत्तारूढ दल नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने भएको छ ।
बैठकमा मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल हुनेछ । मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल पुर्नगठन गर्ने भन्दै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई सुझाव दिएका थिए ।
सचिवालय बैठकले पांच मन्त्रीलाई बिदा दिने र केहीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्नेछ । नयांँ मन्त्रीको सपथ पनि बुधवार साँझ गर्ने तयारी छ ।
सचिवालयबाट उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, भौतिकमन्त्री रघुविर महासेठ, भुमिसुधारमन्त्री पद्मा अर्याललाई मन्त्रिपरिषदबाट बिदाई गर्ने तयारी छ । यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् ।
संचारमन्त्री गोकुल बांस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी छ । त्यस्तै नयां मन्त्रीका लागी सुरेन्द्र पाण्डे,पम्फा भुषाल, रामेश्वर राय यादव, घनश्याम भुषाल, जनार्दन शर्मालगायतको सम्भावाना बढी छ ।




प्रतिक्रिया