काङ्ग्रेसका कोषाध्यक्ष नेकपामा प्रवेश

काङ्ग्रेसका कोषाध्यक्ष नेकपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।

साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।